

उन्नतिशिल महिला उद्यम समूह धुर्कोट ७ वाग्लाले असाहय परिवारलाई दियो बीउ बाख्रा उपहार


गोकर्ण पाण्डे/गुल्मी

धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लामा गठित उन्नतिशिल महिला उद्यम समुह द्वारा समुहकि सदस्य हरिकला पराजुलिकि छोरी राधिमा अर्याल जो माईति घरमा बसेर आफ्ना छोराछोरी पठाउदै आफ्नो पाखुराको भरमा खर्च चलाएको हुँदा उहालाई केही राहात होस भन्ने उदेश्यले उहालाई बाख्रा उपहार गरेको समूह अध्यक्ष कमला घिमिरेले जानकारी दिनुभयो ।
भोकालाई एकछाक भोजन होइन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला सम्पन्न भएपछी समुहका सदस्यहरूले सामुहिक प्रतिवद्धता गरेबमोजिम बास्तविक आबस्यकताको पहिचान गरि राधिकालाई घर खर्च चलाउन सहज होस भन्ने उदेश्यले समुहका २५ जना सदस्यले रु २०० का दरले रकम जम्मा गरी बाख्रा उपहार गरेको समुहले जनाएको छ।
उक्त उपहार प्रदान कार्यक्रममा प्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं ७ का वडा सदस्य टोपलाल पराजुलिले यश परियोजनाले गठन गरेका समुहमा दिदी बहिनिले गरेका रचनात्मक कामले हरेक टोलमा उदाहरणिय काम भएको र जसले प्रतेक घर परिवारमा एकताको सुरुवात समेत हुनथालेकोले साच्चिकै आर्थिक र सामाजिक पाटो सुधार हुन सक्ने बताउनु भयो। उहाँले जुन बाख्रा उपहार गर्नुभएकोमा समुहलाई धन्यावाद दिनुभयो।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया