

पत्रकार स्वर्गिय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना


कपिलबस्तु
मधेशी पत्रकार समाजद्वारा पत्रकार स्वर्गिय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ । जिल्लाको कपिलबस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेशी पत्रकार समाज जिल्ला शाखाले अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषको लागि मधेशि पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् । सोही क्रममा मधेश मनाव अधिकार गृहका अध्यक्ष रविन्द्र नाथ ठाकुरले १० हजार १ सय, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारीले ५ हजार एक सय, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डेले रेडियो बुद्ध आवाजबाट ५ हजार एक सय सहयोग गरेका छन् ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमालले ५ हजार एक सय, रेडियो तिलौराकोटका अध्यक्ष अनिल तिवारीले ५ हजार एक सय र निल खबरकार शुरेश कुमार पाण्डेले ५ हजार एक सय सहयोग गरेका छन् । यो अक्षयकोष स्थापना गर्न १० लाखको लक्ष्य लिएको समाजका अध्यक्ष मिश्रले बताए । सो रकमको प्राप्त व्याजबाट प्रत्येक बर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए । मधेशी पत्रकार समाजका केन्द्रिय वरिष्ट उपाध्यक्ष समेत रहेका बर्मा विगत ३ दशक देखि पत्रकारिता पेशामा अबद्ध रहेका थिए । उहा नेपाल टेलिभिजनमा विगत २ दशक देखि कार्यरत रहेका थिए ।
उहाले मधेशी युवाहरुको हक अधिकारका संरक्षण तथा पत्रकारीतामा अकार्षित गराउन अग्राणी भुमिका निर्वाह गरिरहेका थिए । उहाको स्वर्गरोहण गत भाद्र २२ गते भएको हो । मधेशी पत्रकार समाजले आयोजना गरेको पत्रकार भेला तथा सम्मान कार्यक्रममा अक्षयकोष स्थापना गरेको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया