

बालविवाहविरुद्ध गुल्मीका गाउँगाउँमा सडक नाटक


गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले उमेर नपुगी विवाह गर्नु हुँदै भन्ने जनचेतना जगाउन सडक नाटक देखाउँदै आएको छ। अझै पनि उमेर नपुगी विवाह गर्ने चलन रहेकाले त्यसविरुद्ध जनचेतना जगाउन सडक नाटक देखाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आठवटै वडामा सडक नाटकको माध्यमबाट सचेतना फैलाएको गाउँपालिकका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए। २० वर्ष पूरा नगरी विवाह गर्दा महिला र पुरुषमा शारीरिक परिपक्वता पनि नआउने भएकाले सडक नाटकको माध्यमबाट त्यसबारे सचेतना फैलाएको गिरी बताउँछन्।
सडक नाटकको माध्यमबाट सचेतना फैलाउँदा प्रभावकारी हुने भएकाले प्रत्येक वडामा अभियान नै सञ्चालन गरेको उनको भनाइ छ। नाटकमा उमेर नपुगी विवाह गर्दा हुने कानुनी प्रावधान र समस्याबारे जानकारी दिइएको छ।
सडक नाटक प्रदर्शनका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया