

भारत र इङ्ग्ल्याण्डको टि–२० शृङ्खलाको उपाधी भारतलाई , लगातार छैटौँ टी–२०






काठमाडौं
भारतले अन्तिम तथा निर्णायक टी–२० खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको छ । २ वर्षदेखि कुनै सिरिज नगुमाएको भारतले यो लगातार छैटौँ शृङ्खला जितेको हो । उता, पछिल्लो ९ वर्षदेखि भारतीय भूमिमा इङ्ल्याण्डले कुनै पनि द्विपक्षीय शृङ्खला जित्न सकेको छैन । यसअघि सन् २०११ मा इङ्ल्याण्डले भारतलाई हराएको थियो । त्यतिबेला एक खेलको शृङ्खला खेलिएको थियो ।
शनिबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले २ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाए । विराटले ५२ बलमा ८० र रोहितले ३४ बलमा ६४ रन बनाए । कोहली प्लेयर अफ द सिरिज चुनिए । उनले ५ खेलमा ११५.५० को औसतले २३१ रन बनाए । यस दौरान उनले नटआउट रहँदै ३ अर्धशतक बनाए ।

जवाफमा इङ्ग्ल्याण्डको टोलीले ८ विकेटको क्षतिमा १ सय ८८ रन मात्र बनाउन सक्यो । डेविड मलानले ४६ बलमा सबैभन्दा बढी ६८ रन बनाए भने । जोस बटलरले ३४ बलमा ५२ रन बनाए । १५ रन दिएर २ विकेट लिएका भुवनेश्वर कुमार म्यान अफ द म्याच चुनिए ।
भारतीय क्रिकेट टोलीले सन् २०१९ को नोभेम्बर पछि खेलिएका सबै ६ वटा टी–२० सिरिज जितेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया