

श्री जन जागरण युवा क्लब द्वारा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न



रुपन्देही
रुपन्देहीको देवदहमा एक दिने नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लबको आयोजना , रोटरी क्लब अफ देवदहको सह आयोजना र श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविर श्री शान्ति प्रीय आधारभुत विद्यालय, देवदह ४ सिंगाहा को प्राङ्गणमा गरिएको थियो । सो आँखा तथा दन्त शिविर कार्यक्रममा करिब १५० जनाले चेकजाँच गरेका थिए। उक्त कार्यक्रममा श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रका दन्त सम्बन्धित डा.कृष्ण गैरे र आँखा सम्बन्धित डा.सरोज गैरेको सहयोगमा चेकजाँच गरिएको थियो । साथै उक्त शिविरमा नि:शुल्क औषधी समेत प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता , देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाई,मायादेवी खानेपानी उपभोक्ता समितीका अध्यक्ष चक्रपानी तिवारी, कार्यपालिका सदस्य शान्ता भट्टराई, क्लबका निबर्तमान अध्यक्ष बिरेन्द्र पाण्डे, सोही विद्यालयका प्रधानाध्यापक शेश्नारायण रेग्मी, क्लबका सल्लाहकार भिम गुरुङ ,जग्दिस तिवारी ,नारायण प्रसाद लुइँटेल , देवदह आदर्श बहुमुखी क्याम्पसका प्राचार्य मित्रलाल न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रम श्री जन जागरण युवा क्लबको अध्यक्ष अजय चापागाईंको अध्यक्षता , रोटरी क्लब अफ देवदहका सचिब सचिन पंगेनीको स्वागत र क्लब को सचिब अशोक पाण्डेको संचालनमा भएको थियो। उक्त शिविरको संयोजन क्लबका उपाध्यक्ष गोपाल पाण्डेले गर्नु भएको थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया