

श्री जन जागरण युवा क्लब द्वारा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न


रुपन्देही
रुपन्देहीको देवदहमा एक दिने नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लबको आयोजना , रोटरी क्लब अफ देवदहको सह आयोजना र श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविर श्री शान्ति प्रीय आधारभुत विद्यालय, देवदह ४ सिंगाहा को प्राङ्गणमा गरिएको थियो । सो आँखा तथा दन्त शिविर कार्यक्रममा करिब १५० जनाले चेकजाँच गरेका थिए। उक्त कार्यक्रममा श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रका दन्त सम्बन्धित डा.कृष्ण गैरे र आँखा सम्बन्धित डा.सरोज गैरेको सहयोगमा चेकजाँच गरिएको थियो । साथै उक्त शिविरमा नि:शुल्क औषधी समेत प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता , देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाई,मायादेवी खानेपानी उपभोक्ता समितीका अध्यक्ष चक्रपानी तिवारी, कार्यपालिका सदस्य शान्ता भट्टराई, क्लबका निबर्तमान अध्यक्ष बिरेन्द्र पाण्डे, सोही विद्यालयका प्रधानाध्यापक शेश्नारायण रेग्मी, क्लबका सल्लाहकार भिम गुरुङ ,जग्दिस तिवारी ,नारायण प्रसाद लुइँटेल , देवदह आदर्श बहुमुखी क्याम्पसका प्राचार्य मित्रलाल न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रम श्री जन जागरण युवा क्लबको अध्यक्ष अजय चापागाईंको अध्यक्षता , रोटरी क्लब अफ देवदहका सचिब सचिन पंगेनीको स्वागत र क्लब को सचिब अशोक पाण्डेको संचालनमा भएको थियो। उक्त शिविरको संयोजन क्लबका उपाध्यक्ष गोपाल पाण्डेले गर्नु भएको थियो ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया