

टी–२० शृङ्खलामा भारतको कम्ब्याक, २–२ को बराबरी



एजेन्सी
अहमदाबादमा खेलिएको चौँथो टी–२० खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले हराएको छ । जीतसँगै ५ खेलको शृङ्खलालाई भारतले २–२ को बराबरी गर्न सफल भएको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । जवाफमा इङ्ल्याण्डको टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो । अन्तिम २ ओभरमा जीतका लागि इङ्ल्याण्डलाई ३३ रन चाहिएकोमा टोली २४ रन मात्र बनाएको थियो ।
भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए । उता शार्दूल ठाकुरले ३ विकेट लिँदै इङ्ल्याण्डको टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन् । हार्दिक पाण्ड्या र राहुल चाहरले २–२ विकेट लिए । इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ तथा जेसन रोयले ४० रनको योगदान दिए । जोफ्रा आर्चरले ४ विकेट लिए ।
भारतले पछिल्लो २ वर्षदेखि टी–२० मा एउटै टोलीसँग लगातार दुई खेल हारेको छैन । पछिल्लो पटक सन् २०१९ मा भारत अस्ट्रेलियासँल लगातार दुई खेलमा पराजित भएको थियो । शृङ्खलाको अन्तिम र निर्णायक खेल २० मार्चमा अहमदाबादमा नै हुनेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया