

आगलागी पीडितलाई लमही जेसिजको खाना

दाङ।
लमही नगरपालिका वडा नं। ६ ढिकपुरका आगलागी पीडितलाई साँझको खाना खुवाउने जिम्मा लमही जेसिजले लिएको छ।
खाँना पाक्दै छ । छिमेकी गाउँका दिदिवहिनीहरु आफु संग भएको दाल, चामल, तेल, वेसार बोकेर पिडितलाई भेट्न आईपुगेका छन्।‘कसैलाई दुःख पर्यो भने सहयोग गर्ने पुरानो चलन छ’स्थानीय टेकनारायण चौधरीले भने–‘पहिलो सहयोग गाउँलेहरुकै छ । आफुसँग जे जती छ बाँडेर खाने चलन छ।’
घर जलेर अंगार र खरानी मात्रै बचेको छ। अव त्यही खरानी र अंगार पञ्छाएर वस्ने ठाउँ बनाउन थालिएको छ। ओत लाग्ने त्रिपाल आईपुगेको छ । कम्बल पनि छ ।
सोमवार भएको आगलागीका कारण ५ घर जलेर नष्ट भएको छ। स्थानीय वलिराम चौधरी, रेशमबहादुर बुढा, प्रेम चौधरी, दिनेश चौधरी, सर्जु चौधरीको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । रेशमबहादुरको बसाई लमहीमा छ । ढिकपुरका ४ घर परिवारलाई तत्कालको लागी खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, त्रिपाल दिइएको छ।
आगलागीले गर्दा १६ लाख बढीको क्षती भएको विवरण प्रहरीले संकलन गरेको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन् । स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, दमकल, विद्यार्थीको मद्धतमा आगो नियन्त्रणमा लिइएको थियो।
लमही नगरपालिका, नेपाल रेडक्रस सोसाईटी उपशाखा लमहीले तत्कालको लागी राहत उपलब्ध गराएका छन्। खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, त्रिपाल उपलब्ध गराइएको लमही नगरपालिकाका प्रवक्ता विमबहादुर केसीले जानकारी दिए। रेडक्रसको तर्फबाट पनि तत्काल उपलब्ध गराइने राहत प्याकेज उपलब्ध गराइएको उपशाखाका सभापती थानेश्वर गैरेले बताए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया