माउण्ट एभरेष्टको प्राविधिक सहयोगमा सुरु भयो बुद्धभुमिमा जु्त्ता बनाउने तालिम

कपिलवस्तु

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर २ मा निशुल्क जुत्ता बनाउने तालिमको उद्धघाटन गरिएको छ । लक्षित वर्ग अन्र्तगत बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा माउण्ट एभरेष्ट इन्ष्ट्रिच्युटको प्राविधिक सहयोगमा सञ्चालित सो जुत्ता बनाउने तालिमको सोमबार उद्धाटन गरिएको हो । कार्यक्रम नगर भित्रका सम्पुर्ण लक्षित वर्गलाइृ दिइने छ ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमूख केशवकुमार श्रेष्ठको प्रमूख आतिथ्यता सहित माउण्ट एभरेष्ट ईन्ष्ट्रिच्युटका संचालक विवश बन्जाडेको अध्यक्षता रहेको थियो ।
त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष भेषराज खनालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक मीना विश्वकर्मा, रामदेव पासीको आथितियता रहेको कार्यक्रममा  प्रशिक्षक सोम बहादुर नेपालीले तालिम  दिनुहुने छ । यस्तै कार्यक्रममा बोल्दै विकास भुसालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
नगरका सबै वडा भित्रका लक्षित वर्गका नागरिकहरुलाई जुत्ता बनाउने तालिम प्रदान गरि उनीहरुलाई व्यवसायिक बनाउने सो तालिमको अपेक्षा रहेको छ ।
सम्रग कार्यक्रम शुसिल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै