

स्ववियुद्धारा सिद्धार्थ क्याम्पसमा खेल सप्ताह आयोजना



भगवती न्यौपाने
स्वतन्त्र विद्यार्थी युनियनद्धारा सिद्धार्थ क्याम्पसमा खेलकुद सप्ताहको आयोजना गरिएको छ । एक हप्ता भर विभिन्न किसिमका खेल विधामा प्रतिश्प्रधा गराउने उद्धेश्यका साथ सप्ताहको रुपमा कार्यक्रम संचालन गरिने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराबाट चैत्र ३ गते सुरु हुने सप्ताहमा सिद्धार्थ क्याम्पका स्ववियु सभापति सुशील खत्रीले ७ प्रकारका खेलकुद प्रतियोगिताहरु हुने सोमबार आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो ।
उहाँले पढाइ सँगै विद्यार्थीमा खेलकुद पनि उतिकै आवश्यक पर्ने भएकाले सप्ताहको रुपमा आयोजना गरिएको पनि जानकारी दिनुभयो । विद्यार्थीमा शारीरिक तथा मानसिक विकास गर्न खेलकुद आवश्यक पर्ने बताउदै खेलकुदबाट पनि विद्यार्थीले आफ्नो राम्रो परिचय बनाउन सक्ने सभापति खत्रीको भनाई थियो ।
सिद्धार्थ क्याम्प खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार अर्यालले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउन ठुलो सहयोग गर्ने बताउनु भयो । ; उहाँले स्ववियुले गरेको यो उल्लेख्य कायृक्रमको सफलताको शुभकामना पनि दिनु भयो । स्ववियु सचिव दिनेश चौधरिले सञ्चालन गरेको कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन सदस्य तथा खेलकुद मुल संयोजक पुष्कर भुषालले खेलकुदको बारेमा जानकारी दिनु भएको थियो । उहाँले सप्ताहमा ; क्रिकेट,फुलबल,भलिबल ; छात्र छात्रा डोरी तान, महिला तर्प १०० र पुरुष तर्फ ३०० मिटर दौड, लगायतका खेलकुद हुने जानकारी दिनु भयो । खेल भोली बिहान ८ बजे देखि सुरु हुने छ । खेलकुदमा पहिलो, दोस्रो, तेस्रो हुनेला मेडल, शिल्ड र प्रमाण पत्र ; दिने संयोजक भुषालले जानकारी दिनु भयो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया