

भारतमा फेरि फैलियो कोरोना, महाराष्ट्र सहित विभिन्न ठाउँमा लकडाउन


काठमाडौं
भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ ।
गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।
यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो ।
भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।
यस्तै, अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६० प्रतिशत सक्रिय सङ्क्रमित महाराष्ट्रमा पाइएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया