

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बुटवल आउने


रुपन्देही
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल आउने भएका छन् । उनी बुटवलमा हुन गइरहेको दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न आउने भएका हुन् ।
प्रचण्डको प्रमुख आतिथ्यतामा दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशन हुन गइरहेको संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।
उनका अनुसार नेपाली काँग्रेस, नेकपा एमालेसहित सबै दलका केन्द्रीय नेता अधिवेशनमा आउनेछन्। राजधानीमा क्रियाशील विभिन्न संघ संगठनका नेताहरू आजै बुटवल आइपुगेका छन् ।
देशका ६५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र एक जिल्लाबाट तीन जना प्रतिनिधि र दुई जना पर्यवेक्षकसहित झिकाइएको संघका अध्यक्ष पहाडीले बताए , उनले भने, देशभरका दलित समुदायका क्रियासिल पत्रकारहरू १५ सय भन्दा बढि जमघट हुने वातावरण बनाएका छौँ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया