
रुपन्देहीको देवदहमा बालबालिकालाई ५ दिने आत्मरक्षा प्रशिक्षण र किशोरावस्था मा यौन व्यवहार उन्मुखीकरण तालिम सम्पन्न


सुरज भट्टराई, रुपन्देही
रुपन्देहीको देवदहमा बालबालिकालाई ५ दिने आत्मरक्षा प्रशिक्षण र किशोरावस्था मा यौन व्यवहार उन्मुखीकरण तालिम सम्पन्न भएको छ ।
बालबालिकाहरुलाई यौन हिंसाबाट बचाउन, शारिरीक तथा मानसिक हिसाबले तयार पार्न लियो क्लब अफ देवदको आयोजनामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रम देवदह मदर टङ्स एकेडेमीको शभाहलमा भएको थियो । कार्यक्रममा सोही विद्यालयमा अध्यनरत करिब करिब १०० जना बिद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको बताउँदै तालिम अत्यन्त फलदायी भएको र किशोरी तथा महिलाहरु असुरक्षित भइरहेका बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको उल्लेख गरिन ।
यसलाई अभियानकैरुपमा सन्चालन गरिनुपर्ने उनको भनाइ थियो । उहाले प्रशिक्षार्थी विद्यार्थीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न र आफ्ना साथिभाईलाई पनि सिकाउन आग्रह गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवदहका अध्यक्ष राम बहादुर गुरुङ , रुपन्देही प्रहरी नायब उपनिरिक्षक डि.एस.पी प्रतीक संह राथोड, प्रशिक्षक सञ्जय विक लगाएतले बोल्दै यस तालिमले विद्यार्थीहरुमा आत्मबल बढाउने विश्वास व्यक्त गरेका थिए र यस किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
विभिन्न खण्डमा पाँच दिन सम्म सञ्चालन भएको तालिममा प्रहरी उपरिक्षक प्रतिक सिंह राठौर, मुक्तिनाथ गैह्रे, मदन थापा, अमृत खड्का र सञ्जय बिकले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष लियो श्रद्धा केसीको अध्यक्षता र क्लबका सचिब प्रविन गौडेलको संचालनमा भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया