

वाणगंगााको ठाकुरापुरमा बहुउदेश्य कभर्डहलको शिल्यान्यास



कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको वाणगंगा माध्यिमक विद्यालयमा आज बहुउदेश्य कभर्डहलको शिल्यान्यास भएको छ ।
कार्यक्रमका प्रमुख अथितिका रुपमा बोल्दै पुर्वमन्त्री तथा संघिय सांसद चक्रपाणी खनाल बलदेवले विकासका नाममा कुनै पनि किसिमको राजनिति गर्न नहुने तर्क राख्नु भएको थियो । वाणगंगा क्षेत्रमा कृषि अनुशन्धान केन्द्र, पशु हार्ड बजार जस्ता योजनाहरु आफुले ल्याएको र जग्गाको अभावमा ति कार्यहरु सम्पन्न गर्न नसकेको उहाँले बताउनु भएको थियो ।

कभर्ड हलमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ बजेट छुटाइएकोमा यस बजेटले नपुग्ने र आफु फेरी संसद रहे बजेट थप गरीदिने प्रतिबद्धता जाउनुभएको छ । उहाँले यस्तो बनाउदा संसद पुन खारेज हुने हो की भन्ने शंका जगाएको छ ।
जिल्लाका अन्य पालिका र दक्षिणतिर विकासमा विनियोजन गरेको रकमबाट कामै हुँदैन , त्यहाँको बजेटमा राजनिति हावी हुदाँ कारोेडौँ रकम यतिकै जाने खनालको भनाई रहेको थियो । करोडौँका योजनाका काम बजेट हुँदाहुँदै अलपत्र छन् ।
सम्बोधन अगाडी उहाँले कभर्डहलको जगमा पुजा गरेर शिलयान्यास गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष गणेश क्षेत्रले बहुउदेश्य कभर्डहल निमार्ण सम्पन्न गर्न वडाबाट, पालिका बाट र प्रदेशबाट आफ्नो सक्दो प्रयासबाट कभर्डहल समयमा नै सम्पन्न हुने गरी बजेटका लागि सक्दो प्रयास गर्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य डोर प्रसाद उपाध्याय, सांसद, विष्णु पन्थी, बाणगंगाका उपमेयर चक्र अर्याल, बाणगंगा माविकमा प्रधानाध्यापक राम प्रसाद भण्डारी, वडा सदस्य इन्दिरा पन्त, महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराई, ठाकुरापुर टोल विकास समितिका अध्यक्ष हरि पौडेल, लगायतको सहभागिता थियो ।
वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता, नव प्रभात युवा क्लव ठाकुरापुरका अध्यक्ष मिलन चालिसेको स्वागत मन्तव्य र चन्द्रकान्त न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया