

लाइप्जिगलाई हराउँदै लिभरपुल क्वाटर–फाइनलमा



काठमाण्डाै
आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको हो ।
पहिलो लेगमा पनि दुई शून्यले पराजित भएको लाइप्जिग समग्रमा चार–शून्यले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
दोस्रो लेगमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे भने मानेले ७४ औँ मिनेटमा गोल गरे ।
यस्तै बुधवार राति भएकाे अर्काे खेलमा बार्सिलाेनालाई हराउँदै पेरिस सेन्ट जर्मेइन क्वाटर–फाइलमा प्रवेश गरेकाे छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया