
नयाँ बानेश्वरमा माधव समूहको छुट्टै भेला

काठमाडौं
आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।
बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सो समुहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।
सर्वोच्च अदालतले साविकको नेकपा(एमाले) पार्टी ब्युँताइदिएपछि माधव–झलनाथ पक्षका नेताहरु एमालेमै समाहित भएका छन् । तत्कालिन नेकपा(एमाले)को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समूहको बलियो उपस्थिति रहेको छ । माधव नेपाल समूहको सो भेलालाई निकै चासोपूर्वक हेरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया