

बर्दियामा पाटेबाघको आक्रमण, एक जनाको ज्यान गयो



बर्दिया
बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाकाे ज्यान गएको छ । मधुवन नगरपालिका ३ को सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि फागुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघले भैँसी चराउन गएका ६५ वर्षीय एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो । योसँगै बर्दियामा यस वर्ष बाघको आक्रणबाट आठ जनाले ज्यान गुमाएका छन् ।
बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना निकालेर वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको छ ।
पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जङ्गल प्रवेश नगर्न र जानैपरे एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गर्नुभएको छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया