

बर्दियामा पाटेबाघको आक्रमण, एक जनाको ज्यान गयो



बर्दिया
बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाकाे ज्यान गएको छ । मधुवन नगरपालिका ३ को सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि फागुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघले भैँसी चराउन गएका ६५ वर्षीय एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो । योसँगै बर्दियामा यस वर्ष बाघको आक्रणबाट आठ जनाले ज्यान गुमाएका छन् ।
बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना निकालेर वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको छ ।
पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जङ्गल प्रवेश नगर्न र जानैपरे एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गर्नुभएको छ ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया