

ब्राउन सुगरसहित तुलसीपुरबाट एक महिला पक्राउ

दाङ ।
दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभएको छ ।
प्रहरीले तुलसीपुर बजारको पोखरेलको घर उच्च अदालत अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीभित्र राखेको अवस्थामा प्लास्टिकसहित तौल गर्दा २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद भएको डीएसपी सिंहले बताउनुभयो ।
इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोसाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कुटरमा ब्राउन सुगर भेटेपछि पोखरेललाई नियन्त्रणमा लिएको छ ।
पोखरेलका श्रीमान् मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका रूपमा कार्यरत छन् । पक्राउ परेकी पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया