

कपिलवस्तु, रुपन्देही सहति पाल्पामा पनि बाघ रहेको अध्ययनको पुष्टि



काठमाडौँ
हालैको एक अध्ययनले कपिलवस्तु, रूपन्देही र पाल्पामा समेत बाघ रहेको पुष्टि गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा चुरे क्षेत्रमा गरेको अध्ययनले यस्तो देखाएको हो । ती जिल्लामा पहिलोपटक एक भाले र एक पोथी बाघ क्यामेरा ट्य्रापमा रेकर्ड भएका हुन् ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र एनटीएनसीले गरेको अध्ययनका क्रममा कपिलवस्तु, रूपन्देही र पाल्पामा क्यामेरा ट्य्रापमा रेकर्ड भएका बाघ ।
‘बुटवलबाट उत्तर पश्चिमतिरको जंगलमा सन् २००८, २००९, सन् २०१३ र २०१८ मा बाघ र बाघका आहारा प्रजाति गणना गर्दा बाघ रेकर्ड भएको थिएन,’ भर्खरै सार्वजनिक ‘रिपोर्ट अन फाउना डाइभरसिटी इन चुरे रिजन अफ नेपाल’मा भनिएको छ, ‘समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरा ट्य्रापमा रेकर्ड भएका छन् ।’
४१ मध्ये २० प्रजाति आईयूसीएनको रेडलिस्टमा सूचीकृतमध्येका हुन् । त्रिजुंगा वनक्षेत्र (कोसीटप्पु वन्यजन्तु आरक्षबाट उत्तर पश्चिम) मा काठे भालुमेत रेकर्ड भएको छ । यसअघि उक्त क्षेत्रमा काठे भालु पाइएको थिएन ।
समग्र चुरेक्षेत्रमा सबैभन्दा बढी रातो बाँदर रहेको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले संरक्षित सूचीमा राखेका २७ प्रजातिमध्ये चुरे क्षेत्रमा हुँडार र चितुवाको फैलावट सबभन्दा बढी छ । कालो सालक चुरेको चितवन र उदयपुरमा क्यामेरा ट्य्रापमा परेका छन् ।
तामे सालक, बाघ, हात्तीलगायत वन्यजन्तु संरक्षण क्षेत्रबाहिर पनि रेकर्ड भएको प्रतिवेदनमा छ । चुरे क्षेत्रमा ३७८ प्रजातिका चरासमेत रेकर्ड भएका छन् ।
अध्ययनले इलाममा भ्यागुता (गोल्डेन ब्याक्ड फ्रग) र उदयपुरमा छेपारो (द वाटर मोनिटर लिजार्ड) नेपालका लागि नयाँ रेकर्ड भएकोसमेत उल्लेख छ । चुरे क्षेत्रमा २७९ प्रजातिका पुतली रेकर्ड भएको र तीमध्ये १८ नेपालका लागि नयाँ भएको समेत उल्लेख छ ।
चुरेक्षेत्र भएर बग्ने नदीहरूमा १०४ प्रजातिका माछा रहेको र सबैभन्दा बढी प्रजाति कर्णाली नदीमा रहेको उल्लेख छ । त्यसपछि महाकाली र बबईमा छन् ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले चुरेक्षेत्रमा रहेका वन्यजन्तुबारे अध्ययन गर्ने जिम्मा एनटीएनसीलाई दिएको थियो । एनटीएनसीले १२.८ वर्ग किमिमा फैलिएको चुरेक्षेत्रमा क्यामेरा ट्य्राप प्रविधिमार्फत वन्यजन्तुको अध्ययन गरेको हो । प्रतिवेदन वन्यजन्तु र जैविक विविधता संरक्षणमा आबद्ध २० जना विशेषज्ञ सम्मिलित टोलीले तयार पारेको हो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया