
‘नैतिकता छ भने ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्छ’


काठमाण्डाै
वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि उज्यालोसँग कुराकानी गर्दै ज्ञवालीले भन्नुभयो, ‘उहाँ आफैले मारिसकेको प्रतिनिधि सभा पुनर्स्थापना भएको छ, उहाँमा यदि नैतिकता छ भने आजैका मितिमा अहिले नै अविलम्ब राजीनामा दिनुपर्छ, उहाँले राजीनामा दिनुभएन भने उहाँमाथि गम्भीर संवैधानिक प्रश्न उठ्छ र अवहेलनाको मुद्दा पनि लाग्छ सक्छ ।’
संविधानविद् चन्द्रकान्त ज्ञवालीले सर्वोच्चको फैसलापछि देशमा अझै न्याय ज्यूँदै छ भन्ने प्रमाण रहेको बताउनुभयो । उहाँले संविधानको आत्मा मार्न खोजिएकोमा अब आत्मा बाँचेको छ भन्ने सन्देश पनि अदालतले दिएको बताउनुभयो । देशमा विधिको शासन चल्नुपर्छ भन्ने पनि सन्देश प्रवाह भएको उहाँकाे भनाइ छ ।
‘कार्यकारिणीले संविधानलाई मिचेर जस्तो पनि निर्णय गर्न पाइँदैन भन्ने बलियो सन्देश फैसलाले दिएको छ, संविधान मार्ने प्रयास असफल भएको छ’, ज्ञवालीले भन्नुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया