
प्रचण्डको प्रतिक्रिया : सहमतिबाटै अगाडि बढ्छौं, प्रतिगमनकारीसँग सहकार्य हुन्न

काठमाडौं
सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए । उनीहरुले त्यही संसद पुनर्स्थापना भएको खबर सुने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुगेका थिए । तर संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।
पुनर्स्थापनाको खबर सुनेपछि प्रचण्ड र माधव नेपाल खुसी देखिएका छन्, सहभागीहरुसँग खुसी साट्दै प्रचण्डले सबैलाई बधाइ दिएका छन् ।
प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पारे ।
माधव र प्रचण्डका साथमा संसद विघटनविरुद्ध रिट दायर गर्ने कृष्णभक्त पोखरेल पनि साथमा थिए ।
सर्वोच्चको आदेश आएपछि उनले अनलाइनखबरसँग भने, ‘नेपाली जनताले आफैं लेखेको संविधानको जित भएको छ । अदालतप्रतिके जनआस्था सुदृढ भएको छ ।’
त्यसैगरी प्रचण्ड माधवका साथमा रिटमा बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले अनलाइनखबरसँग भने, संविधान लिकमा आयो । संविधानवादले जितेको छ । हामी खुसी छौं ।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया