
पुस ५ गतेबाट नयाँ युद्धमा छौँ , सर्वाेच्चले सहि निर्णय गर्छ : प्रचण्ड

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले गत पुस ५ गतेदेखि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउनुभएको छ । मंगलबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहाले गत पुष ५ गतेदेखि आफूहरु रक्तपातविहीन युद्धमा रहेको बताउनुभएको हो ।
त्यस्तै, उहाँले सर्वोच्च अदालतप्रति आफूहरुको विश्वास रहेको बताउँदै अदालतले सही फैसला गर्ने बताउनुभयो । यसैक्रममा अध्यक्ष दाहालले प्रतिनिधि विघटनलाई प्रतिगमन बताउँदै त्यसविरुद्ध हुँदै आएको सम्पूर्ण आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिनुभयो । अहिलेको युद्ध आफूहरुले जित्नु उहाँको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको पनि अध्यक्ष दाहालको आरोप छ । उहाँले एकताको झण्डा आफूहरुले उठाएका तर, केपी ओलीले फुटको बाटो रोजेर प्रतिनिधि सभा विघटन र बिसर्जनको बाटो राजेको बताउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया