

लुम्बिनी वाणिज्य क्याम्पसको ४० औ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो





बुटवल
बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४० औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी आज सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता रहेको उक्त समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रसंसा गरेपनि अधुरो हुने बताउदै लुम्बिनी वाणिज्य क्याम्पस नेपालमै सर्वोत्कृष्ट क्याम्पस भएको प्रमाण पटक पटक क्याम्पसले प्राप्त गरेका पुरस्कारहरु र यस क्याम्पसको शैक्षिक नतिजा नै भएको उहाले बताउनुभयोे ।
साथै उहाले यस क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्नको लागि आवश्यक शैक्षिक तथा भौतिक विकासमा सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, शिक्षक अभिभावक संघका अध्यक्ष लोकराज शर्मा, विद्यार्थी नेताहरु प्रकाश पराजुली, सुरज क्षेत्री, विराज चालिसे, अमृत पौडेल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सव मुल समारोहका संयोजक प्राध्यापक कृष्ण गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहप्राध्यापक भरत भुसालले गर्नुभएको थियो भने क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नुृका साथै साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा समितिको कार्यालय भवनको उद्घाटन भएको छ । नगरप्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले उक्त भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
सिद्धार्थनगर पालिका.–१० का वडाध्यक्ष विजयनाथ धोवीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, वरिष्ठ इञ्जिनियर यमलाल पाण्डे, वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव , शंकर मुराव, कृष्ण बहादुर कुंवर लगायतले बोल्नु भएको थियो ।
वडा नम्बर १० की वडा सदस्य जानकी कुँवरको स्वागत तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया