

निर्वाचन आयोगलाई देउवाको आग्रह : सूर्य चिह्नबारे छिटो निर्णय गर




बुटवल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताए ।
उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’
नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’
उनले अघि भने, ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’
निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनले बताए । यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’
साथै उनले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गरेका छन् । कांग्रेस सभापति देउवाले अघि भने, ‘किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’
सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उनले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने उनको आशंका छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया