
इजलासमा अधिवक्ता प्रधानको जवाफः ‘संसद बोलाउने प्रधानमन्त्री आउँछ’

काठमाडौं
वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले संसद पुनःस्थापना भए संसद बैठक बोलाउने प्रधानमन्त्रीको चिन्ता गर्नु नपर्ने बताएका छन्। यसअघि प्रधानमन्त्रीका वकिलले संसद पुनःस्थापना भएपनि संसद बैठक बस्न नसक्ने अवस्था रहेको दाबी गरेका थिए।
त्यसको जवाफमा प्रधानले भने, ‘संसद पुनःस्थापनाको निर्णय भयो भने सरकारले संसद नबोलाउने अवस्था छ भन्नुभएको छ, तर अदालतको फैसला मान्दिन भन्ने कुनै सरकार हुन सक्छ र श्रीमान ? त्यसो भयो भने त अर्को प्रतिगमन हुन्छ नि।’
धारा ७६ (७) को व्यवस्थाअनुसार विश्वासको मत पाउन नसक्ने संसद सदस्यले मात्रै संसद विघटन गर्न सक्ने प्रधानले बताए। ‘तर केपी ओली हाउसको एक सदस्य मात्रै होइनन् र प्रधानमन्त्रीलाई विशेषाधिकार पनि छैन’ पूर्वमहान्यायाधिवक्ता समेत रहेका प्रधानले भने।
उनले प्रधानमन्त्रीका वकिलले जहाँ जहाँ विघटन शब्द छ, त्यहाँ त्यहाँ अधिकार छ भनेर व्याख्या गरेको बताए। ‘धारा ५८ को विशेषाधिकार संघलाई हो प्रधानमन्त्रीलाई होइन’ प्रधानले जवाफी बहसमा भने,‘प्रधानमन्त्रीका वकिलले उहाँलाई विष्णुको अवतारका रुपमा प्रस्तुत गर्नुभयो, प्रधानमन्त्रीलाई श्री ३ ठान्नुभएको छ,त्यो होइन।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया