
कपिलवस्तुबाट ३७ क्विन्टल अवैध चिनी बरामद


कपिलवस्तु
कपिलवस्तु नगरपालिकाबाट अवैध चिनी प्रहरीले बरामद गरिएको छ । नगरको वडा नम्बर ११ जहदी रहेको गुप्ता पसलबाट भन्सार छली ल्याएर लुकाइछिपाई राखिएको अवस्थामा ३७ क्विन्टल चिनी बरामद गरिएको हो ।
गोष्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको टोलीले हिजो साँझ सात बजेको समयमा पसलमा खनतलासी गरेको थियो । गुरुङका अनुसार नम्बर नखुलेको निलो अनटेस्ट ट्रकमा लोड गर्दै गर्दा १४ क्विन्टल र गोदाममा रहेको २३ क्विन्टल गरी ३७ क्विन्टल अवैध चिनी बरामद गरिएको हो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीको कमाण्डमा थप प्रहरी आई ४ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया