

स्रोत नखुलेको रकम सहित ४ जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित ४ जना कर्मचारीलाई उक्त परिमाणको स्रोत नखुलेको रकमसहित अख्तियारको टोलीले पक्राउ गरको हो ।
विशेष सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई रुपन्देहीको सैनामैना नगरपालिका(१० स्थित कोठी वनबाट नियन्त्रणमा लिएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया