

रुपन्देहीको देवदहमा २ दिने यौन शोषण दुरुप्रयोग र उत्पीडनबाट रोकथाम तालिम सुरु




सुरज भट्टराई
रुपन्देहीको देवदहमा २ दिने यौन शोषण दुरुप्रयोग र उत्पीडनबाट रोकथाम तालिम आज बाट सुरु भएको छ । सोईया महिला स्वावलम्बी संस्थाको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको सहयोग र स्कुल लाईफ इन नेपालको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिम खैरेनी स्थित ब्राईट फिउचर एकेडेमीको सभाहलमा भएको थियो। सनिवार उज्यालो प्रतिष्ठानको अध्यक्ष सागर कंडेल ले यौन शोषण दुरुपयोग र उत्पीडनबाट रोकथाम तालिमको उद्घाटन गरेका थिए । उनले किशोरीहरु आफ्नो सुरक्षा आफैले गर्न मनोवल उच्च राख्नु पर्ने वताए ।
सुरक्षाको अनुभूति स्वयम्वाट सिर्जना गर्नुपर्ने औल्याएका थिए । तालिममा सोइया महिला स्वाबलम्बि संस्थाका व्यवस्थापक मेनुका न्यौपाने , , सोईया महिला स्वाबलम्बि संस्थाद्धारा सञ्चालित क्वालिटी एजुकेशन परियोजनाका संयोजक नारायण भण्डारी , कम्युनिकेशन परियोजनाका संयोजक युवराज चापागाईं , हरि केशी लगाएतको उपस्थिती रहेको थियो । तालिमको मध्यान समयमा ग्लोबल गलस् परियोजनाका कल्पनाकार एनि मेट नोडफाल्कले भिडियो कल मार्फत आफ्नो शुभकामना मन्तव्य राख्दै उक्त तालिम कत्तिको प्रवाभ कारी रहनेछ जानकारी गराउनुहुन प्रशिक्षार्थीलाई आग्रह गर्नु भएको थियो । तालिममा प्रशिक्षक सुशील राज गिरीले प्रसिक्षण दिनु भएको थियो ।
उहाँले हिंसा, सोषण , यौन दुर्व्यवहार , उत्पिडन , आदिको बारेमा प्रशिक्षण दिनुभएको थियो । उत्पीडन , दुरुपयोग र शोषणको विरुद्ध लड्न सक्नु पर्ने कुरामा जोड दिनु भएको थियो । तालिममा २६ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया