

फागुन ३ गते सरकारले गरेको असाधारण विकासबारे जानकारी दिन्छुः ओली


रुपन्देही
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको असाधारण विकासबाट विरोधीहरु डराएर हडबढाएको दाबी गरेका छन् । शनिबार बुटवलमा नेकपा ओली समूहले आयोजना गरेको आमसभामा उनले यस्तो दावी गरेका हुन् ।
उनले फागुन ३ गते आफ्नो नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि उनले बताए । ‘हामीले असाधारण विकास गरेका छौँ, जुन कुरा पर्सी थाह पाउनु हुनेछ’, ओलीको भनाइ छ ।
ओलीले लामो समय प्रचण्डको विरोधमा समय खर्चिँदै उनले जनयुद्धका क्रममा योगदान दिएकाहरुलाई नहेरेको आरोप लगाए । उनले भने, ‘युवाहरुले टाउकोमा कात्रो बोकेर लड्न हिँड्नुस् भनेर उक्साए, अनेक सपना देखाएर सत्तामा पुग्ने भर्याङ मात्रै बनाए । हेर्नुस त अहिले जनयुद्ध लड्नेहरुको अवस्था के छ ?’
उनले पूर्वजनमुक्ति सेनालाई कम्तिमा पनि एक व्यक्ति एक रोजारीको व्यवस्था गर्ने आश्वासन समेत दिन भ्याए । सम्बोधनका क्रममा उनले आफूले प्रतिनिधिसभा संविधानसम्मत रुपमा विघटन समेत गरे । उनले प्रचण्ड–नेपाल समूहको भाषणलाई गाली पुराणको संज्ञा समेत सो क्रममा दिए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया