
ओलीले बाजी हार्नुभयो : प्रचण्ड

काठमाडौं
नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन र प्रतिक्रान्तिको वकालत गरेकाले बाजी हारेको बताएका छन् । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपीले प्रतिक्रान्तिको वकालत गर्दै संविधान कुल्चिएकाले वाजी हारेको बताएका हुन् ।
‘ओलीले प्रतिगमन गर्ने र संविधानलाई कुल्चने काम गर्नुभयो । प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलंकित पनि हुनुभयो इतिहासमा’, प्रचण्डको भनाई छ । उनले अव ओलीले जित्ने कुनै सम्भावना पनि नरहेको बताए । ‘उहाँले जित्ने कुनै सम्भावना नै छैन । हामी संविधान, लोकतन्त्र, शान्ति र संघीयताको पक्षमा उभियौ, त्यसकारण हामीले लडाई जित्यौ । ओली एकपछि अर्को हार्नुभन्दा विकल्प छैन । हाम्रो जित कसैले रोक्न सक्दैन’ प्रचण्डको भनाई छ ।
प्रचण्डले प्रधानमन्त्री ओली शिक्षक र बुद्धिजीवीहरुसँग तर्सिएको पनि बताए । शिक्षक र बुद्धिजीवीहरु अन्धभक्त नहुने भएकाले ओली तर्सिएको प्रचण्डको भनाई छ । ‘उहाँलाई चाहिने हनुमान, दास वा भक्त जे भनेपनि त्यस्ता अनधभक्त चाहिने रहेछ । शिक्षकहरु अन्धभक्त हुँदैनन् । उनीहरु विवेक प्रयोग गर्छन् र विश्लेषण गर्छन् । उनीहरु सत्य र न्यायको पक्षमा हुन्छन् । त्यसो भएकाले शिक्षकहरुलाई विचारबाट बाहिर राख्न चाहनुभएको रहेछ’ प्रचण्डको भनाई छ ।
प्रचण्डले पार्टी एकता घोषणा गरेको ३ वर्ष बित्दानबित्दै पार्टी विभाजनको दुर्भाग्यपूर्ण स्थितिको सामना गर्नुपरेको बताएका छन् । उनले पद र कुर्सीका लागि नभई विचार र सिद्धान्त, सिस्टम र प्रणालीका निम्ति लडाई भइरहेको बताए । ‘पार्टी, आन्दोलन भनेको विचारबाट निर्देशित हुन्छ । निश्चित विचार र राजनीतिक कार्यदिशाद्धारा हुन्छ पार्टी’ प्रचण्डको भनाई छ । उनले त्यही कार्यदिशामा ओलीले प्रहार गरेकाले अहिलेको अवस्था आएको बताए ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिविरुद्ध पार्टीले लडाई गरिरहेको बताए । त्यस्तो प्रवृत्ति पार्टीमा नरहने बताए । ‘केपी ओलीको नयाँ–नयाँ अवतार चाहिएको छैन । एउटै केपी ओलीबाट आजित भइसक्यौं केपी ओलीको नयानयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ’, अध्यक्ष नेपालको भनाई थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद








प्रतिक्रिया