
अनेरास्ववियू र राष्ट्रिय युवा संघ कपिलवस्तुको भेला सम्पन्न, ओलीको कदम विरुद्ध विद्यार्थीको अहम भुमिका रहन्छ पुर्व मन्त्री खनाल । फोटोफिचर

कपिलवस्तु
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बृहत विद्यार्थी तथा युवा भेला सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री चक्रपाणि खनाल (वलदेवले) प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध लाग्न विद्यार्थीको अहम भुमिका रहेको बताएका छन् । नेकपा प्रचण्ड माधव समुहका नेता खनालले अब ओली समुहलाई जित्ने लक्ष्य नभई देशनै जित्ने उद्देश्य लिएर अगाडि बढ्नुपर्ने बताए । खनालले विभिन्न खालका राजनितिक उतारचढाव आएपनि अब देश हाक्ने ओलीको सामथर््य विस्तारै हराउदै गएको बताए ।
त्यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले सत्ताको राप र तापमा रहेको ओली पक्षका अगाडि आत्तिन नहुने भन्दै बैचारिक बहसको आवश्यकता रहेको बताए । उनले अब केहि दिन केहि संकट आईपरे पनि त्यो जित अब धेरै पर नरहेको बताएका थिए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्यहरु तथा युवा संघका केन्द्रिय सदस्यहरुले शुभकामना मन्तव्य राखेका थिए । अनेरास्ववियुका केन्द्रिय सदस्य आरति लामा, सरिता सिरीस तथा सुरेन्द्र बस्नेत , नारायण खनाल, पुर्व स्ववियु सभापति शुसिल पौडेल, युवा नेता शिव बन्जाडे लगायतले मन्तव्य राख्नु भएको थियो । सिद्धार्थ क्याम्पस स्ववियु सभापति शुसिल खत्रिको सञ्चालनमा सम्पन्न भएको थियो ।















खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया