

कांग्रेसका शुभेच्छुक संस्थाले गरे बुटवलमा मौन प्रदर्शन


बुटवल ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन्।
कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले जिल्ला–जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। जस अनुसार रुपन्देहीको बुटवलमा प्रदर्शन भएको छ।शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखी मिलनचोक सम्म सडकको एकापट्टीको लेनमा हातमा कालो पट्टि र मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हो । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।
नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया