
सरकारी वकिलले उदाहरण पेश गर्न नसकेपछि इजलासमा हाँसो

काठमाडौँ
प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । शुक्रबार सरकाको प्रतिरक्षा गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गर्नुभयो । सो क्रममा संसद विघटनको अधिकार संविधानमा नलेखिएको अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गरेको कुनै उदाहरण पेश गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गर्नुभयो ।
सहन्यायाधिवक्ता रेग्मीले संसदीय व्यवस्थामा संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीको अधिकार रहेको दाबी गर्नुभयो । उहाँले संविधानले वर्जित गरेका कुराहरुबाहेक कार्यकारीले सबैथोक गर्न पाउने दाबी गर्दा प्रधानन्यायाधीश जबराले यसको उदाहरण पेश गर्न भन्नुभएको थियो ।
रिट निवेदकतर्फका अधिवक्ताहरुले संसदीय व्यवस्था माने पनि संविधानमा लेखेको कुराबाहेक प्रधानमन्त्रीको अन्य अधिकार नहुने दाबी गरेको स्मरण गराउँदै प्रधानन्यायाधीश जबराले प्रश्न गर्नुभयो, ‘जहाँ संविधानमा नलेखएिको, विघटनको अधिकार प्रधानमन्त्रीमा नराखेको अवस्था छ, तर पनि संसदीय मूल्य र मान्यता भन्दै संसद विघटन भएको कुनै उदाहरण अन्य कुनै देशमा छ ?’
तर सहन्यायाधिवक्ता रेग्मीले त्यस्तो उदाहरण आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले उक्त उदाहरण पेश गर्न नसकेपछि इजलासमा एकै छिन हाँसो छाएको थियो ।
निरन्तर सुनुवाईमा रहेको मुद्दामा रिट निवेदक तर्फका वकिलहरुले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको तर्क राखेका थिए । तर सरकारी पक्षका वकिलहरुले संसद विघटन प्रधानमन्त्रीमा रहेको अन्तरनिहीत अधिकार भएको दाबी गर्दै आएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया