

रुपन्देहीमा बन्द प्रभावः चोक–चोकमा कार्यकर्ता , सेनाले चलायो बख्तरबन्द गाडी




रुपन्देही
बुटवलमा बन्द कडा रुपमा परेको छ । । प्रचण्ड–नेपाल समूहको नेकपाको देशैभर आयोजना गरिएको आम हड्तालको असर बुटवलका मूख्य सडकमा परेको छ ।
बन्दलाई कडाई बनाउन प्रचण्ड–नेपाल समूहका कार्यकर्ता मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडिहरुलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु भने रोकिएका छैनन् ।
बुटवलको राजमार्ग चौराहमा केहीबेर अघि कार्यकर्ताले टायर बालेका थिए । पूर्व देखि आएका एक दर्जनभन्दा धेरे ढुवानी तथा सवारीका गाडीहरु लामबद्ध रोकिएका छन् ।
त्यस्तै केहीबेर अघि मात्रै सेनाले बख्तरबन्द गाडीहरुलाई बुटवलका सडकमा घुमाएको छ । पूर्वजानकारी विनै बख्तरबन्द गाडीहरु घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरु अचम्ममा परेका थिए । सेनाले बख्तरबन्द गाडि देखाएर डराउन खोजेको एक बन्दकर्ताले बताए ।
बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । यसबारे भने आन्तरिक जानकारी आफूहरुलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने–‘आन्तरिक सर्कुलेसन भएको थियो ।’
सेनाले यसबारेमा केही बोलेको छैन ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया