काठमाडौँ सहित देशका विभिन्न स्थानमा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

काठमाडौँ

नेकपा प्रचण्ड- नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले बागबजारमा मसाल जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साँझ काठमाडौँ सहित देशका विभिन्न स्थानमा मसाल जुलुस निकालेको हो ।

असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ २२ गते घोषणा गरेको आमहड्ताल लाई सफल बनाउ भन्दै उक्त मसला जुलुस निकालेको हो ।

प्रतिक्रिया

खबर सबै