काफ्लेको निधन प्रति प्यावसन वाणगंगाको श्रद्धाञ्जली, भोलि निजि विद्यालय पनि बन्द हुने

कपिलवस्तु
वाणगंगा नगरपालिका १० स्थित   बाल आधारभुत विद्यालय  प्रधानाध्यापक केशवराज काफ्लेको निधन प्रति वाणगंगा प्यावसनले श्रद्धाञ्जली अर्पण गरेको छ ।
काफ्लेको कोरोनाका कारण निधन भएको थियो । उहाँको सम्मान स्वरुप वाणगंगा भित्र रहेका निजि विद्यालयमा पनि शोक विदा दिने प्यावसनले  निर्णय गरेको छ । काफ्लेको निधनका कारण भोलि वाणगंगा भित्रका निजि विद्यालयहरु पनि बन्द गर्ने वाणगंगा प्यावसन अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँको उपचारको क्रममा ग्रण्डी अस्पताल काठ्माडौमा निधन भएको थियो । प्रधानाध्यापक काफ्नलेको निधनको शोकमा बुधबार भोली वाणगंगाका विद्यालयमा शोक विदा दिइएको छ ।

प्रतिक्रिया

खबर सबै