

नेपाली टिम कतार टी–२० सिरिजमा सहभागी नहुने


खेल खबर
नेपाली राष्ट्रिय क्रिकेट टिम कतारमा आयोजना हुने भनिएको टी-२० सिरिजमा सहभागी नहुने भएको छ। यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि १८ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ।
कतार सिरिजका लागि राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाटमोर नजाने भएपछि बसन्त शाही ठकुरीलाई प्रशिक्षक तोकिएको थियो।
टिममा नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर खेलाडीहरू पारस खड्का, बसन्त रेग्मी, शरद भेषवाकरसहित सन्दीप लामिछाने पनि समावेस थिएनन्।
सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण हुने भनिएको थियो। तर अधिकांस खेलाडी बन्द प्रशिक्षणका लागि गएका छैनन्।
यसबारे बुझ्दा प्रशिक्षकको जिम्मेवारी पाएका ठकुरीले अहिले बन्द प्रशिक्षण स्थगित भएको बताए। ‘तत्कालका लागि बन्द प्रशिक्षण स्थगित भएको भन्ने क्यानबाट जानकारी आएको छ। बाँकी कुरा मलाई थाहा छैन,’ उनले भने।
बन्द प्रशिक्षणअघि खेलाडीलाई होटलमा राख्नु पर्ने हुन्छ। तर आइतबार साँझसम्म टिममा परेका कोहि पनि खेलाडीलाई बोलाइएको थिएन।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया