

गाउँपालिका उपाध्यक्षद्वारा १ सय ८३ जनालाइ कम्बल



रूपन्देही
रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले १ सय ८३ जना महिलाहरुलाई कम्बल वितरण गरी सम्मान गरेकी छन् । आफ्नो ब्यक्तिगत लगानीमा उनले वैष्णोमाता स्वालम्बन बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुलाई सम्मान गरेकी हुन् ।
मर्चवारी गाउँपालिका वडा नं. १ मा अवस्थित उक्त स्वावलम्बनमा विभिन्न माध्यमाबाट आवद्ध महिलाहरुलाई सेमरा अधारभूत विद्यालयको प्रागंण्मा सम्मन गर्दै उनले पुरुष जनप्रतिनिधिहरुले महिलाको सम्मस्या बुझन नसको बताइन् । कार्यक्रमका प्रमुख अतिथ्यता गर्दै कलवारले गाउँपालिकाले न्यायकि समितिको जिम्मेवारी मात्र दिएकोले सबैको झैझगडामा अल्झिएर ३ वर्ष वित्न लगेको उनले बताइन् । वडाध्यक्षले वडाको विकास निर्माणको बजेट चलाएको, गाउँपालिका अध्यक्षले गाउँपाकिलाको विकास निर्माणको बजेट चलाएको तर उपाध्यक्षले गरेकी चुनावी वाचाहरु पुरा गर्न कुनै बजेट संचालन गर्न नदिएको बताइन् । गाउँपालिका विकास निर्माणमै अल्झिएको तर महिलाहरुको विकास र समस्या प्रति कसैको ध्यानाकर्षण नदेखिएको भन्दै उक्त समस्याहरु बुभ्mदै आफुले ब्यक्ति लगानीमा केही सामान लिएर महिलाहरु बीच आएको बताइन् । उपाध्यक्ष कलवारले सहकारी संस्थामा अवद्ध भएको महिलाको संख्या बढीरहेको प्रति खुसी ब्यक्त गर्दै सबै महिलाईहरुलाई सहकारीमा अवद्ध हुन तथा विभिन्न सभा, सेमीनार तथा गोष्टीमा सहभागी हुन आग्रह समेत गरेकी थिइन् ।
कार्यक्रमका आयोजक समाजसेवी शंकर जयसवालले कार्यक्रमलाई सम्बोधन गर्दै आफुले समाजसेवा गर्न कुनै बजेट कुर्नुपर्ने नरहेको बताए । उनले भने ‘मेरो श्रीमती मर्चवारी गाउँपालिका कि उपाध्यक्षको पदभार सम्हालेर न्यायिक समिति संयोजक भएकोले गाउँपालिका भित्र हुने विभिन्न किसिमका झैझगडा र सम्स्याहरुलाई हल गर्दै आएकोले विकास निर्माण कार्यमा हातेमालो गर्न गाउँपालिका अध्यक्षले उपेक्षित गरेको छन् तर उनको समाज प्रतिको लगाव र उद्देश्य पुरा गर्न ब्यक्तिगत लगानीमा गर्न परे पनि गर्नेछिन् ।’ उनले विभन्न गरीब घरपरिवार, अशक्त असाहयलाई नगद तथा विभिन्न किसिमका जिन्सीका सामानहरु सहयोग गर्दै आएका छन् ।
कार्यक्रमको अध्यक्ष तथा वैष्णोमाता स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामरक्षा मौर्यले संस्थामा अवद्ध सबै महिलाईहरुलाई यस्तो चिसोको समयमा न्यानो पार्ने कम्बल वितरण गरेकोमा अयोजकलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक कृष्ण कुमार सिंहले गरेका थिए भने विभिन्न पदाधिकारी तथा समाजसेवीहरुको सहभागीता रहेको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया