

नेपालगन्जमा ३ वर्ष यताकै बढी जाडो महशुस


नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा पछिल्लो तीन वर्ष यताकै सर्वाधिक जाडो भएको छ ।
जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार तीन वर्ष यताकै सबैभन्दा कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । सन् २०१९ को ३१ डिसेम्बरमा ३.५ डिग्री सेल्सियस, २०२० को ३१ डिसेम्बरमा ४.१ डिग्री सेल्सियस रहेको थियो ।
यो वर्ष १ जनवरी अर्थात १७ पुसमा न्यूनतम् तापक्रम ३ डिग्री सेल्सियस र १६ माघमा ३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जुन अघिल्ला दुई वर्षभन्दा कमको हो । आइतबार भने नेपालको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस पुगेको छ ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक जाडो बढेको भन्दै विद्यालयमा कम्तीमा ३ दिन जाडो विदा दिन विद्यालयहरुलाई परिपत्र गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले आइतबार विद्यालयलाई परिपत्र मार्फत १९ माघदेखि २१ माघसम्म ३ दिन विद्यालय विदा गर्न र मौसम प्रतिकूल रहेमा २३ माघसम्म विद्यालय विदा मिलाउन विद्यालयलाई आग्रह गरे छन् ।
उपमहानगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक सबै विद्यालयमा जाडो विदा दिन भनेको छ ।



खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया