प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेमा कुनै शंका छैन : मिनेन्द्र रिजाल

बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेमा कुनै शंका नरहेको बताएका छन्।
नेपाली कांग्रेसमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर दुई धारको कुरा आएको सन्दर्भलाई स्पष्ट पार्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए।

‘हामीले त अदालतलाई सम्मान गर्नुपर्छ भनेको हो, तर संसद विघटन असंवैधानिक भन्नेमा त प्रष्ट छौँ’ रिपोर्टस क्लब लुम्बिनीले आइतबार बुटवलमा गरेको साक्षात्कारमा रिजालले भने। उनले कम्युनिष्ट पार्टीहरुले जस्तो अदालतलाई धम्क्याउने पक्षमा आफूहरु नरहेको बताए ।

उनले दाहाल नेपालले सत्ताको बार्गेनिङ गरेकै कारण ओली प्रवृत्ति जन्मिएको टिप्पणी गरे । दउनले आफूहरुले संसदमा एउटै पार्टीको सभामुख र उपसभामुख हुनुहुँदैन भन्दा नेकपाभित्रका दाहाल–नेपाल समूहले बेवास्ता गरेको आरोप लगाए ।

प्रतिक्रिया

खबर सबै