

श्री ३ हुन लागेका केपी ओलीलाई धराशायी बनाउँछौं: प्रचण्ड





बुटवल
नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोधसभालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘श्री ३ महाराजधिराज हुन चाहेका केपी ओलीलाई लुम्बिनीले धराशायी बनाउने छ भन्ने विश्वास लिएको छु’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डले भने । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।
‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय, स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौं’ प्रचण्डको भनाइ छ ।
उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्वृद्धितर्फ जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताएका थिए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया