

ओलीको नौटंकीले चुनाव नहुने निश्चित छ : घनश्याम भुसाल



भैरहवा
नेकपा प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचनमा दुई तिहाई भोट ल्याउने प्रधानमन्त्रीको दाबी प्रहसन मात्र भएको बताउनुभएको छ ।
सोमबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको नौटंकीले चुनाव नहुने निश्चित भएको दाबी गर्नुभयो । उहाँले संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै नसक्ने बताउनुभयो ।
भुसालले अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्य प्रमाणले पनि संसद जिवितै छ भन्ने पुष्टि भएको बताउँदै ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दावी गर्नुभयो । उहाँले संविधाको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने जनाउनुभयो । नेता भुसालले निर्वाचन आयोगले पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु उसको कमजोरी भएको बताउँदै आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।
उहाँले बहुमत केन्द्रिय सदस्य भएको प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । उहाँले आयोगले नेकपाको केन्द्रिय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टी गर्नुले नै आफूहरु आधिकारिक भएको प्रष्ट भएको जनाउनुभयो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया