

देशमा अहिले विकासको लहर चलिरहेको छ : प्रधानमन्त्री ओली


दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै उनले कोभिड–१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर अनुकूलतामा बदलेर अघि बढेको बताए।
‘देश अगाडि बढ्छ । देश अगाडि बढ्न बाट कसैले रोक्न सक्दैनँ’, उनले भने’, ‘हामी संविधानको रक्षा गछौँ । प्रणालीको रक्षा गर्छाैं । व्यवस्थाको रक्षा गर्छाैं ।’
यस्तै प्रधानमन्त्री ओलीले कोभिड–१९ को खोप पर्सी बुधबारबाट लगाउन सुरु गरिने बताए । १८ गते सम्म पहिलो चरणको खोप लगाइ सकिने जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देउखुरीको राप्ती नदिमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरेका छन्।
राप्ती गाउँपालिकाको सिसहनियाँ गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए ।
चार वर्ष अघि सुरु भएको पुलको निर्माण कार्य झण्डै एक वर्ष अघि सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

यो पुलको लम्बाइ ८६५.४० मिटर र चौडाइ साढे १० मिटर छ । करिब ९४ करोड रुपैयाँ लागतमा पक्कि पुल तयार भएको हो ।
२०७३ साल असार २३ गते सम्झौता भएको पुल निर्माण कार्य २०७७ साल असार १५ गते सम्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले जानकारी दिए । १६ वटा स्प्यानसहित फाईप फाउण्डेसनमा पुल निर्मित छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया