

देशमा अहिले विकासको लहर चलिरहेको छ : प्रधानमन्त्री ओली



दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै उनले कोभिड–१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर अनुकूलतामा बदलेर अघि बढेको बताए।
‘देश अगाडि बढ्छ । देश अगाडि बढ्न बाट कसैले रोक्न सक्दैनँ’, उनले भने’, ‘हामी संविधानको रक्षा गछौँ । प्रणालीको रक्षा गर्छाैं । व्यवस्थाको रक्षा गर्छाैं ।’
यस्तै प्रधानमन्त्री ओलीले कोभिड–१९ को खोप पर्सी बुधबारबाट लगाउन सुरु गरिने बताए । १८ गते सम्म पहिलो चरणको खोप लगाइ सकिने जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देउखुरीको राप्ती नदिमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरेका छन्।
राप्ती गाउँपालिकाको सिसहनियाँ गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए ।
चार वर्ष अघि सुरु भएको पुलको निर्माण कार्य झण्डै एक वर्ष अघि सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

यो पुलको लम्बाइ ८६५.४० मिटर र चौडाइ साढे १० मिटर छ । करिब ९४ करोड रुपैयाँ लागतमा पक्कि पुल तयार भएको हो ।
२०७३ साल असार २३ गते सम्झौता भएको पुल निर्माण कार्य २०७७ साल असार १५ गते सम्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले जानकारी दिए । १६ वटा स्प्यानसहित फाईप फाउण्डेसनमा पुल निर्मित छ ।


खबर सबै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु







प्रतिक्रिया