एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । अपराह्न प्रधानमन्त्री बालेन एनपीएल उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान जानेछन् ।

प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि जाने तयारी छ ।

“प्रधानमन्त्रीबाटै उद्घाटन गर्ने कार्यक्रम तय भएको छ,” उनले बाह्रखरीसँग भनिन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालबाटै पनि एनपीएलको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

खबर सबै