

रोल्पामा दुई घटनामा तीनको मृत्यु

रोल्पा ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सन्तोष केसीले जानकारी दिनुभयो ।
यस्तै रोल्पाकै गङ्गादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको रुखले च्यापेर ज्यान गएको छ । बिहीवार घर नजिकै जङ्गलमा सल्लाको रुख काट्ने क्रममा मुढाले च्यापेर गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया