
बाबुराम र प्रचण्डको विशेष छलफल, होला त बाबुरामको नेकपामा प्रवेश

काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बीच गोप्य छलफल भएको छ ।
लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ । अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ ।
सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ ।
तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए । अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया