

शीतलहरका कारण बुटवलका विद्यालय बन्द


बुटवल
शीतलहरका कारण अत्यधीक चीसो बढेपछि अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ ।
बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।
चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र पढाइ प्रभावित हुने भएकाले बुटवल उपमहानगरपलिकाले माघ ९ देखि माघ ११ गतेसम्म विद्यालय बिदा गर्न निर्देशन दिँदै सो बिदा स्थानीय बिदाबाट कटौती गर्न भनेको छ ।
सामाजिक विकास मन्त्रीको अपील
यसैबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन् । अत्यधिक चिसोको कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालवालिका, अपाङ्गता भएका व्यक्तिहरु, दप्र्घरोगी, जेष्ठ नागरिक, असहाय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समूहका मानिसहरु बढी प्रभावित हुने भएकाले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घर बाहिर ननिस्कन समेत आग्रह छन् ।
एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।
चिसो र शीतलहरबाट प्रभावित समुदायलाई सहयोग वितरण भइरहेको जानकारी दिंँदै उनले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया