
९५ वर्षीय बरिष्ठ अधिवक्ता भण्डारीले इजलासमा उभिएर सोधे- संविधानमै नभएको अधिकार प्रयोग गरी जनताको वारेसलाई स्वाहा गर्ने?


काठमाडौं
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
बुधबार भएको सुनुवाइमा बहस गर्दै ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको वारिसको रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले सकाएकोमा आफूलाई दु:ख लागेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद लाद्न जनताले दिएको सार्वभौम अधिकार मिचेको उनको तर्क छ। पार्टीको विवादमा ओलीले संसद सकाएको भण्डारीले बताए।
‘प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ,’ उनले भने, ‘छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन्। उनले पार्टीका मान्छेलाई देखाइदिन संसद विघटन गरे। संसदको के कसुर थियो?’
मनमोहन अधिकारीले गरेको विघटनमा सर्वोच्चले गरेको व्याख्या पढ्न उनले इजलासलाई सुझाए।
‘प्रधानमन्त्रीले काम गर्न दिइएन भन्नुहुन्छ काम गर्न नदिनेलाई कारबाही गर्न सक्नुहुन्छ नि,’ उनले भने।
संसदलाई पाँच वर्ष काम दिनुपर्ने र प्रधानमन्त्रीले संसदको विश्वासमा काम गर्नु पर्ने उनले बताए।
‘उहाँले जनताको वारेसको विश्वासमा काम गर्नु पर्छ। जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो। संसदै विघटन गरिदिनु भयो,’ भण्डारीले सोधे, ‘संविधानमै नभएको अधिकार प्रयोग जनताको वारेसलाई स्वाहा गर्ने?’


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया