

रोल्पा बसपार्कमा मृत अवस्थामा पुरुषको शव फेला

दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्।
रोल्पा नगरपालिका वडा नं। ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं। १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्।
जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ।
‘रोका खोजेर ज्याला मजदूरी काम गर्ने श्रमिक रहेको र अत्यधिक मदिरा सेवनपछि लडेर मृत्यु भयो कि१ भन्ने अनुमान गरिएको छ,’ डिएसपी सुवेदीले भने, ‘शरीरमा घाउ चोट भने कतै पनि देखिएको छैन।’
अत्यधिक मदिरा सेवन पछि बसपार्कमै सुतेको हुँदा चिसोमा कठ्याङ्ग्रिएर पनि मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया