
परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, प्राथमिकतामा सीमा विवाद र कोरोना खोप

काठमाडौं, माघ १
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज तीन दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । नेपाल-भारतबीच हुने छैठौं संयुक्त आयोगकाे बैठकमा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीकाे भ्रमणमा नेपाल-भारतबीचकाे सीमा विवादका विषयमा छलफल हुने बताइएकाे छ । साथै भारतसँग नेपालले खरिद गर्न लागेकाे कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने जनाइएको छ । साे क्रममा नेपाल-भारतबिचकाे द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने मन्त्रालय स्राेतले जनाएकाे छ ।
परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वकाे भ्रमण टाेलीमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागी हुने जनाइएको छ ।
नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकाैँदेखि भारतीय अतिक्रमणमा परेकाे तर यसबारे ठाेस समाधानका लागि भारत अझै पनि तयार नरहेकाे बताइन्छ । नेपालले नयाँ नक्सा जारी गर्दै उक्त भूभागहरू समेटेपछि भारतसँग सम्बन्ध चिसिएकाे थियाे । तर पछिल्लाे समय सम्बन्ध सुधारका प्रयासहरू भए पनि सीमा विवादबारे खुलेर बहस गर्न भारत अझै अनिच्छुक देखिन्छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया