
प्रचण्डले भने ओली जोकर हुन्, जोकरका पछाडि कोही लाग्दैनन्

काठमाडौं, पुस २९
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चर्को टिप्पणी गरेका छन्।
उनले ओलीलाई राजनीतिक ‘जोकर’को संज्ञा दिएका छन्।
‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्,’ आज कमलादीमा आफूनिकट नेता/कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ।’
उनले ओलीलाई नै भगौडा भनेका छन्। केही समयअगाडि ओलीले प्रचण्डलगायत पार्टी छाडेर जानेलाई भगौडा भनेका थिए।
‘पार्टीलाई लात हान्ने चाहिँ भगौडा नहुने। मानिसमा लाज हुनुपर्छ, धिन हुनुपर्छ। तर उहाँमा लाज र धिन छैन,’ उनले भने, ‘केपी ओलीमा झूटो कुरालाई हो जस्तो पार्ने क्षमता पनि रहेछ। विचित्र कुरा भनेर हो कि हो कि जस्तो बनाउने।’
उनले ओलीलाई राम्रोसँग ऐना हेर्न पनि भनेका छन्। पार्टीमा हुँदा आफूहरूले सरकारलाई काम गर्न नरोकेको उनको दाबी थियो।
‘केपी ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि मुटुमा छुरा हान्नुभएको छ,’ उनले भने, ‘नेकपा नाम र चुनाव चिन्ह सूर्य हाम्रो हुन्छ।’
प्रचण्डले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको पनि बताएका छन्।
‘उहाँले हामीलाई भगौडा भन्नुभएछ। सुन्नु पनि के कान छुन्नु। आँखा पनि के छोप्नु ३० प्रतिशत पनि नभएको रैनाथे? ७० प्रतिशत हुने भगौडा?,’ उनले प्रश्न गरे, ‘यस्तो संसारमा कहीँ हुन्छ केपी ओलीको दिमागबाहेक अन्त?’


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया